Logo

अर्थ

शिक्षा क्षेत्रको विकासका लागि फाइलमा होइन, योजनामा लगानी बढाइन्छ: जनार्दन शर्मा



अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताए । अर्थमन्त्रि शर्माले भने
‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ । त्यसको अर्थ छैन । ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ ।’

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिए । उहाँले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेकोप्रति चिन्ता समेत व्यक्त गरेका छन् । ‘हामीले धेरै बाटो त खन्यौँ । तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, उनले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ ।’

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने बताए । कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उहाँको धारणा रहेको छ । उहाँले विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने बताए ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार