Logo

प्रमुख समाचार

शाक्यको सत्ता लम्बियो, आज विश्वासको मत नलिने



हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिने भएपछि उनको सत्ताको आयु लम्बिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको भएता पनि उनले विश्वासको मत लिइनन् ।

तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ । मुख्यमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम असोज २५ गते (भोलि) सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । तर, शाक्यले दशैंपछि मात्र विश्वासको मत लिएर सत्ता लम्ब्याउन खोजेको बुझिएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार