Logo

प्रमुख समाचार

अछाम जीप दुर्घटना चार जनाको मृत्यु (विस्तृत विवरणसहित)



जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोही नगरपालिकाका १७ वर्षीय हिमाल नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा सवारीचालकसहित १५ जना घाइते भएका छन् । १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जनालाई नेपालगन्ज लगिएको छ । मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो ।

घाइतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका-२ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षीय हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली, १८ वर्षीय सन्तोष ढकाल र १९ वर्षीय दिपेन्द्र धामी रहेका छन् ।

घाइते हुनेमा वडा नम्बर ८ का २२ खम्म खनाल, ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षीय दीक्षित भण्डारी र मंगलसेन नगरपालिका-५का मेघराज भाट रहेका छन्।

भरत र सन्तोषलाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  ७ : ४४ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।