Logo

प्रमुख समाचार

तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुइको मृत्यु



धनगढी । कैलालीको टीकापुर नगरपालिका–२ विकास टोलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो ।

घटनास्थलमा घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । मोटरसाइकल तीब्र गतिमा गुडाइएको कारण दुर्घटना भएको प्रशरीको भनाइ रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।