Logo

कोशी प्रदेश

बाढी पहिरोले प्रदेश १ मा २३ जनाको मृत्यु‚ १० जना बेपत्ता



विराटनगर । अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी प्रदेश १ मा २३ जनाको मृत्यु भएको छ । मंगलबार आएको अविरल वर्षापछिको बाढी तथा पहिरोले इलाममा ८, पाँचथरमा ६, सुनसरीमा २, धनकुटामा ६ र उदयपुरमा १ को मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बाढी पहिरोमा परी धनकुटामा ५ जना, इलाममा ५ जना गरी १० जना बेपत्ता भएका छन् । बाढीमा परेर सयौँ घर डुबानमा परेका छन् । डुबानमा परेका घरको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोमा फसेकाहरुको उद्धार कार्य जारी छ। क्षतिबारे प्रारम्भिक सूचना आए पनि पूर्ण रुपमा आइनसकेको प्रहरीले बताएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । विमानस्थलमा बाढी पस्दा काठमाडौँ जाने र विराटनगर आउने यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ११:२७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।