Logo

राजनीति

ओली असफल भएपनि गणतन्त्र असफल हुन्न : डा. रिजाल



नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार र व्यक्ति सफल नहुँदैमा प्रणाली असफल नहुने बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवका अवसरमा आइतबार संघीय राजधानीमा भएको कार्यक्रममा डा. रिजालले प्रधानमन्त्री ओली असफल भएपनि संघीय गणतन्त्री असफल नहुने बताए ।

उनले भने –‘व्यक्तिको असफलता प्रणालीको असफलता हुन्न । ओली असफल भएपनि संघीय गणतन्त्र असफल हुन्न ।’ नेता रिजालले समावेशी राजनीतिक प्रणालीका लागि अनलाइन पानाले भूमिका खेल्नुपर्ने बताए । आगामी दिनमा अनलाइन पानाले सत्यतथ्य समाचार सम्प्रेषणमा अझै महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।