Logo

राजनीति

हिजो कम्युनिष्टलाई भोट नदिनु भन्दा कसैले सुनेन आज मुलुकले दुःख पायो : महर 



नेपाल विद्यार्थी संघका सभापति नयनसिंह महरले भोट दिँदा जनताले सही पार्टी र नेतृत्व नछानेका कारण आज मुलुक राजनीतिक अन्यौल बनेको बताएका छन । अनलाइनपाना डट कमको छैठौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा भएको कार्यक्रममा महरले भने –‘ हिजो कम्युनिष्टलाई भोट नदिनु भन्दा कसैले सुनेन आज मुलुकुले यो दुःख पायो । ’ उनले कम्युनिष्ट शासनमा पत्रकारिता पनि सफल नहुने जिकिर गरे ।

नेता महरले राजनीतिमा स्खलन आएको पत्रकारिताले पनि गम्भीर विषय समेटन नसकेको गुनासो गरे । राजनीति र पत्रकारिता धुमिलिएको भन्दै संग्लो बनाउनुपर्ने उनको भनाइ छ । उनले भने– ‘राजनीति र पत्रकारिता संग्लो बनेको छैन

। यसलाई संग्लो बनाऔँ ।’ अनलाइनपाना डट कमले सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा निष्पक्ष ढंगले काम गरेको भन्दै उनले आगामी दिनमा पनि काम जारी राख्न शुभकामना दिए । 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।