Logo

धर्म / संस्कृति

राष्ट्रपति भण्डारीले दिइन् तिहारको शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी हुन् ।

तिहारको अवसरमा देउसी–भैलो खेल्ने नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएकी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १९:०८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।