Logo

खेलकुद

टी-२० विश्व कप क्रिकेट: आज इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै



आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ ।

सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोयले विश्व कपका खेल गुमाएका छन् ।

देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाएका हुन् । यस्तै,अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया खेल्ने छन् । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।

पाकिस्तान समूह १ को विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । एजेन्सी

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १४:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।