Logo

प्रमुख समाचार

कांग्रेसभित्र उत्पात मच्चाउने मल्लको यस्तो हर्कत !



सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ ।

डडेल्धुरा कांग्रेसको अधिवेशनले वैधानिकता पाएपछि बखेडा झिकेर उत्पात मच्चाउँदै आएका सभापति कर्णबहादुर मल्ल चकित परेका छन् । मल्लले सभापति देउवाको बदनाम गर्न सबै हत्कण्डा अपनाएका थिए ।

देउवाविरुद्ध लागेका सभापति मल्ल नेता रामचन्द्र पौडेल, शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतलाई उचालेर विभिन्न हर्कत देखाएका थिए । निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको छ ।

समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ । मल्लले देउवाविरुद्ध काठमाडौंमा आन्दोलन गर्ने योजनाका साथ राजधानी छिरेका छन् ।

पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको छ । समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ ।

१३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ४९ बजे