Logo

कोशी प्रदेश

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चिरञ्जिवी थापाको उम्मेद्वारी



उर्लाबारी । गैरआवसीय नेपाली संघ(NRNA)जापानका पूर्व उपाध्यक्षसमेत रहेका उर्लावारी-२ निवासी चिरञ्जिवी थापाले कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन पदका उम्मेदवारी दिने भएका छन् ।

लघुवित्त, वित्तीय, सौर्य ऊर्जा, कृषि क्षेत्रका लगानीकर्ता एवं व्यवसायी समेत रहेका थापाले सिंगो मोरङ क्षेत्र नम्बर १ को विकासका सक्रिय हुने उद्घोषका साथ कांग्रेसमा अब्बल नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हालसम्म कांग्रेसको कुनै पनि लाभको पदमा नरहेका थापा यसअघिका दुई महाधिवेशनमा उनी जापानाबाट महासमिति सदस्य थिए । थापा ऊर्जा, कृषि, वित्त क्षेत्रका ठूला लगानीकर्ता समेत रहेका थापा पूर्व क्षेत्रमा नाम चलेका र स्थापित गैरआवसीय नेपाली(NRNA)हुन् ।को हुन् कांग्रेस महासमिति सदस्य समेत रहेका चिरञ्जिवी थापा ?

सामाजिक कार्यहरुमा सरसहयोग दिने अग्रपंतिमा आउने नाम हो चिरञ्जिवी थापा । उर्लावारीमा २०३५ सालमा जन्मिएका थापा २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए । ११ वर्षको उमेरदेखि कांग्रेसको झन्डा बोक्दै उनले प्रजातन्त्र र गणतन्त्रका लागि राज्य पक्षबाट डन्डा खाएका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलनमा उनले पञ्चायती शासन विरुद्ध आन्दोलन गर्दा प्रहरीको डन्डा खाए भने २०६२/६३को जनआन्दोलनको क्रममा जापानास्थित नेपाली राजदूतावासमा घेराउको नेतृत्वकर्ता गरेका थिए ।

२०४८ सालमा उनी नेविसंघ सुनपकुवा माविमा इकास समितिको सचिव भएर काम गरेका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा सक्रिय उनी २०५२ सालमा उर्लावारी बहुमुखी क्याम्पस इकाइ समितिको सदस्य भएका थिए । नेविसंघको सातौं महाधिवेशन प्रतिनिधि समेत रहेका चिरञ्जिवी थापाले २०६२/६३को जनआन्दोलनमा प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस जापान नेपाल जन सम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहेका थापा यस पटक मोरङ क्षेत्र नम्बर १ का नेताहरु, क्षेत्रीय सभापति खड्ग फागोलगायतका नेताहरुको सुझाव र जोडबलमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका हुन् । हालसम्म कुनै पनि पक्ष/विपक्षमा ननलागेका थापा कांग्रेसभित्र सबैले रुचाइएको व्यक्तिको रुपमा चिनिन्छन् । उनी कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुन् ।

मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने,ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

थापालाई कांग्रेसका क्षेत्रीय नेताहरुले समेत रुचाइएका व्यक्ती हुन् । सबैसँग राम्रो सम्बन्ध बनाएका उनीलाई कांग्रेस मोरङ क्षेत्र नम्बर १ का नेताहरुको जोडबलमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी बनाइएको हो । सबै पक्षको राम्रो सहयोग पाएका थापालाई महाधिवेशन प्रतिनिधि जिताउनुपर्ने कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  ९ : ०१ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।