Logo

शेयर बजार

मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १६९९.३० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१७५.१० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १५:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।