Logo

टिप्पणी

डिला संग्रौलाको नजरमा कांग्रेसको बाटो



नेपाली कांग्रेस नेपालको एक समाजवादी–लोकतान्त्रीक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । हाल यस दलको सभापति शेरबहादुर देउवा हुन् । यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो ।

हाल यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख दल समेत हो । नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्यपछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए । नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो जसले ३ चुनावमा बहुमत ल्याएको छ । यसैगरी २ चुनावबाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ । प्रतिनिधिसभा निर्वाचन, २०७४ मा, कांग्रेस प्रतिनिधिसभामा बाम गठबन्धनको राप र तापले दोस्रो सबैभन्दा ठूलो दल बनेको थियो जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हाँसिल गरेको थियो जहाँ यो आफ्नो इतिहासमै कमजोर अवस्थामा हुँदाहुँदै कम्युनिस्ट पार्टीमा दरार पैदा हुँदा सरकारको नेतृत्व गरी रहेको छ ।

नेपाली कांग्रेसको संस्थापना

नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो ।

बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।

भारतीय स्वतन्त्रता सङ्ग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मा बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी बाबु समानका (पिताजी कृष्णप्रसाद कोइरालाका समकालिन) देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो ।

प्रथम महाधिवेशन कहिले र कहाँ ?

संगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३ (जनवरी २५–२६, १९४७) गते विषेश गरी प्रवासी जुजारु नेपालीहरू तथा नेपालको कारागार तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गरेका थिए । भारतको कलकत्ताको भवानीपुर स्थित खालसा हाइस्कुलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राख्यो ।

भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल कारागारमा आजन्म कैद को सजाय भोगेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्‍यो ।

यस अधिवेशसनले राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंदै नेपाल र नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भन्ने मूल मान्यतालाई आत्मसाथ गर्‍यो । देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो । सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीहरू यस संस्थाको सदस्य र पदाधिकारी हुन सक्ने व्यवस्था गर्‍यो ।

कहिले भएको थियो पहिलो सत्याग्रह ?

मजदूर आन्दोलनको दमनबाट बन्दी भएका नेता तथा कार्यकर्ता लगायत विभिन्न आन्दोलनमा गिरफ्तार व्यक्तिहरूको रिहाई र नागरिक हकको स्थापनार्थ दवाद दिने कार्यक्रम तय गर्न २९ चैत्र, २००३ (१२ अप्रिल, १९४७) मा जोगबनीमा नेपाली राष्ट्रिय कांग्रेसको कार्यकारणी समिति र समर्थकहरूको भेला आयोजना भयो ।

सो भेलाले नजरबन्दमा रहेका नेताहरूको रिहाइ तथा राणा विरोधी गतिविधि शसक्त बनाउन, जातीय विभेदताको अन्त्य गराउदै, गाँस, बास, कपासको मागलाई दुनियाँ समक्ष पुर्याउने, पार्टी सदस्य र समर्थक बढाउनका लागि देशव्यापी नेपाली मात्रको सहयोगमा सत्याग्रह गर्ने निर्णय गर्‍यो ।

३० चैत्र, २००३ (१३ अप्रिल, १९४७) बाट नेपाली राष्ट्रिय कांग्रेसको आहृवानमा भएको सत्याग्रहमा पूर्वी पहाड, मधेस तथा काठमाडौँ उपत्यकामा नेपाली जनताको व्यापक सहभागिता रहृयो । व्यापक जनसहभागिता र दवावका कारण लाचार भै राणा प्रधानमन्त्री पद्मशमशेरले १६ मे, १९४७ मा वैधानिक सुधार र राजबन्दी रिहा गर्ने निर्णय गर्नु परेको थियो । यो आन्दोलनबाट नेपाली कांग्रेसलाई दरोगति प्राप्त भयो ।

पुस्तकको पहिलो खण्डमा कांग्रेसको चिनापरिचय रहेको छ । यी निम्नकुरा हामी सर्वत्र नै भेट्छौँ भन्दा अत्यासलाग्दो नहोला । नेपाली कांग्रेसको इतिहास, स्पष्टता र उपलब्धिहरू हुँदै अगाडि बढेको पुस्तकमा नेपाली कांग्रेसको बाटोमा पनि छोटकरीमा पनि इतिहासकै कुरा दोहोरिएको भेटिन्छ । नेपाली कांग्रेसको अबको बाटो अन्र्तगतमा डिला भन्छिन् , “नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउने हो भने नीतिगत निर्णय सान्दर्भिक एजेण्डा र अबको नयाँ गन्त्व्य बोकेर जनतालाई केन्द्रबिन्दु् बनाई जनताको घरदैलोमा पुग्नैपर्छ । त्यसैले लोकतन्त्रको स्वरुप कांग्रेस अब आफैँभित्र मौलाएको मत मतान्तरलाई परित्याग गरी अझ सशक्त एकताबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय हुन अति आवश्यक छ, त्यसको लागि निम्न स्पष्ट मार्गचित्र अवलम्बन गर्नैपर्छ ।”

केही मार्गचित्रहरू यसप्रकार छन् ।

१. एकतावद्ध कांग्रेस
२. सशक्त र सुदृढ संगठन
३. प्रभावशाली प्रतिपक्ष
४. छाँया सरकार
५. संविधान र संघीयता कार्यान्वयन
६. संविधानप्रतिको मतभेदलाई सम्बोधन
७. विविधतामा एकता
८. स्थानीय सरकारको प्रभावकारिता
९. भातृ र शुभेच्छुक संस्थाको मजवुतिकरण
१०. जनतासँगको सम्बन्ध
११. समावेशीकरण
१२.समाजवादी अर्थनीति
१३. सन्तुलित विदेश नीति
१४. नयाँ विचारको प्रादुर्भाव
१५. विधि र नीतिमा आधारित
१६. अग्रगामी कार्य योजना
१७. चुस्त व्यवस्थापन
१९. मूल्याङ्कन तथा न्यायोचित व्यवस्थापन
२०.प्रभावकारी प्रशिक्षण
२१. पेशागत समन्वय
२२. जिम्मेवार कार्यकता
२३. दण्ड र पुरस्कारको व्यवस्था
२४. चाकरी र चाप्लुसीबाट मुक्त
२५. नीति, नेता र नेतृत्वको तालमेल

लेखिकाले यी बुँदाभित्र टेकेर अबको कांग्रेसको बाटो यस्तो चाहिँ हुनुपर्छ भन्ने कुरा खुलाएकी छन् । त्यसैगरी नेपाली कांग्रेस नै जनताको पार्टी हो । यस पार्टीले नै जनताको हितको लागि कार्य गर्दछ । नेपाली कांग्रेस राष्ट्रवादको उदाहरण हो भन्ने कुरा उनले आफ्नो शैलीमा पुस्तकमा लेखेकी छिन् ।

पार्टी सञ्चालनका लागि मुख्यता नेता तथा नेतृत्व, संगठन, सिद्धान्त तथा आर्दश, राष्ट्र र जनताप्रतिको दायित्वजस्ता कुराहरूको आवश्यकता पर्दछ । नेतृत्वमा गतिशीलता, संगठनमा सशक्तता, सिद्धान्त र आर्दशमा प्रतिवद्धता एवम् राष्ट्र र जनताप्रतिको जिम्मेवारीले मात्रै अबको कांग्रेस अगाडि बढ्नसक्छ ।

नेतृत्वमा शिथिलता, अस्पष्टता आयो भने त्यसले कार्यकतालाई सही दिशामा डोर्याउन सक्दैन भन्ने मत जनताले चाहेको अबको कांग्रेस खण्डमा भेट्न सकिन्छ । तर जनताले खोजेको यही नै हो भन्ने कुरामा भने लेखिका अन्योल नै रहेकी छन् । जनताले खोजेको कांग्रेसमा कस्ता बुँदालाई अवलम्बन गरियो भने जनताले खोजेको कांग्रेस भेटिन्छ भन्ने कुरामा स्पष्ट पार्न खोजेकी छिन् ।

केही बुँदाहरू यसप्रकार रहेका छन् ।

१. आचरण र व्यवहार
२. सिद्धान्त र आर्दश
३. कार्ययोजना र कार्यक्रम
४. संघीयताप्रति प्रतिवद्ध
५. राष्ट्रियतामा अडिग
६. आफ्ना कामको प्रचार
७. अतितमुखी होइन, भविष्यमुखी
८.‘हाम्रा’ होइन राम्रालाई प्राथमिकता
९.भ्रष्टचारमा खरो
१०. पार्टीको भ्रातृ र शुभेच्छुक संस्था
११. सरकार सञ्चालनमा कुशलता
क) युवा वर्ग
ख) महिला वर्ग
ग) दलित वर्ग
घ) आदिवासी जनजाती
ङ) मधेशी वर्ग

यस खण्डमा कांग्रेसलाई कसरी अगाडि बढाउन सकिन्छ भने तर्कहरू भेटिन्छ ।

त्यसैगरी अमूल्य योगदानका अग्रजहरूमा १५ नेता समेटिएको छ बिपीबाट सुरु भएको शृङ्खला भीमबहादुुरमा आएर सकिन्छ । तर यी १५ नामलाई नाममा मात्र सीमित राखिएको छैन । यी नामका अगाडि रूपक र अलङ्कार जोडिएका छन् । जुन आवश्यक थिएन ।

एजेण्डामा सर्वसम्मत व्याख्याुसहित बुँदाहरू टिपिएका छन् । ती बुँदामा नयाँ केही छैनन् । जति छन् ती सबै भनिदै आएको एक आश्वासनको खेती झैँ भेटिन्छ । युवालक्षित एजेण्डामा लेखिकाले कुनै चासो नदेखाएको देखिन्छ ।

अन्त्यमा, पुस्तकभर सकारात्मक पक्ष समेटिएको छ । नेपाली कांग्रेस कहाँनेर चुकेको थियो ? त्यस कुरालाई कसरी आत्मसाथ गर्दै अगाडि बढ्न सकिन्छ भन्नेकुरा खुलाइएको भने छैन । एकै पुस्ताले देश चलाइरहँदा नदेखिएको परिवर्तनलाई युवालक्षित बनाए देशमा हुने परिवर्तनका सम्भावना केकस्ता रहन्छ्न भन्ने कुरा पुस्तकभित्र चुकेको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  ३ : ३० बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।