Logo

सुदुरपश्चिम प्रदेश

नेपाली सेनाको कुटाईबाट कञ्चनपुरमा १३ वर्षीय बालक गम्भीर घाइते, थप उपचारका लागि नेपालगन्ज रिफर 



कञ्चनपुरमा नेपाली सेनाको कुटाईबाट १३ वर्षीय नाबालक गम्भीर घाइते भएका छन् । कञ्चनपुर जिल्ला दक्षिणी क्षेत्रमा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक बनबाट काठ तस्करीमा संलग्न नाबालक जनराज अवस्थीलाई नियन्त्रणमा लगेर मराणसन्न हुने गरि कुटपिट गरेका छन् । सेनाको कुटाईपछि बालक अचेत अवस्था रहेको उनको परिवारले जनाएको छ । 

सेनाको कुटाईबाट उनको गम्भीर घाइते भएका बालकको अवस्था चिन्ताजनक रहेको छ । उनको मुटुमा र आन्द्रामा  गम्भीर चोट लागेको हुँदा बस्न ,सुत्न समेत समस्या हुने गरेको हुँदा महाकाली अस्पताल महेन्द्रनगरबाट उनलाई  नेपालगन्ज हस्पिटल रिफर गरिएको छ।

साथीहरुले आफुलाई मासु खान भनेर लगेको बेलामा रातिको समयमा सामुदायिक वनमा एका(एक पुग्दा फस्न पुगेको र थिए त्यही समयमा आफुहरुलाई समाते पछी एकासी छातीमा बुटले हानेको र गाडीमा बसाल्दा खेरी लठ्ठीले समेत अन्धाधुन्धले हानेको नाबालक अवस्थीले बताए ।    

 
आपराधिक क्रियाकलापमा संलग्नता रहेको ठहर भए पनि कानुनी प्रक्रिया अनुसार कार्वाही गर्नुको साटो नियन्त्रणमा लागि सकेपछि अन्धाधुन्ध कुटपिट गरि घाइते बनाउनु गलत भएको बन्दै दोषीलाई कार्वाही हुनु पर्ने र सम्पुर्ण उपचार खर्च बेहाेर्नु पर्ने अभिभावक गणेश दत्त अवस्थीले माग गरेका छन् ।

बालक अभिभावकको जिम्मा लगाएर थप चेकजाँच संगै औषधिको उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ। कुनै अपराध क्रियाकलापमा संलग्नता रहेका अपराधीलाई नियन्त्रणमा लगिसकेपछी कुटपिट गर्ने जस्ता कार्य नहुने हुँदा थप अनुसन्धान कार्यलाई अगाडि बढाई दोषी माथी कार्यवाही गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वाडन लक्ष्मण प्रसाद पौडेलले बताएका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट असोज ६ गते मङ्गलवार राती सालका रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ परेका ६ जना मध्ये बालक पनि एक थिए । बैजनाथ सामुदायिक वन क्षेत्रबाट तस्करी गरिरहेका बेलौरी नगरपालिका वार्ड ९ का करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, वार्ड ५ का कालु राम चौधरी र वार्ड नम्बर ७ का देव सिंह चौधरी रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मजगाउँले जनाएको छ ।  

उनीहरुलाई मङ्गलवार राती ३ बजे ट्याक्टर, मोटरसाइकल र काठ लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
बेलडाँडी कालिकिच बाट खटिएको नेपाली सेना र चानदेव बाट खटिएको ४० जना सेनाको टोलीले घेराउ गरी पक्राउ गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख पौडेलले बताएका छन। उनीहरूमध्ये केही भने फरार  रहेको अनुसन्धानका क्रममा खुल्नमा आएको उनले बताए।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  ८ : ०८ बजे