Logo

खेलकुद

पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता



काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा नाइससँग गोलरहित बराबरीमा रोकिएको हो ।

पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाए पनि पीएसजी गोल गर्न असफल भएको हो । भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए ।

बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ । नाइस २७ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : ४४ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।