नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्।
देश संघीय संरचनामा गएयता कांग्रेसले पहिलोपटक गरेको प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा संस्थापन पक्षीय शाही ४२२ मत ल्याएर सभापति पदमा विजयी भएका हुन्। उनका निकटमत प्रतिस्पर्धी संस्थापन इतर समूका भूपेन्द्रजंग शाही ३१७ मतका साथ हारेका हुन्।
यस्तै विमलेन्द्र निधिनिकट मोतीराज बमले ७ मत मात्र पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।




















प्रतिक्रिया