नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए । जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए ।
सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् । शाही तरूणदलका महामन्त्री हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए । उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए ।
२०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । मोतीराज बमले केही समयअघि मात्र निधि समूहमा लागेका हुन् । प्रदेश अधिवेशनमा उनीसँगै १० जना भूगोल सदस्यमा प्यानलबाट उम्मेदवारी परेको थियो ।




















प्रतिक्रिया