Logo

प्रमुख समाचार

कांग्रेस सुदूरपश्चिम सभापतिमा बलायरको जीत सुनिश्चित



नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । 

प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न  बाँकी रहदा बलायर ३७९ मत अन्तरसहित अगाडी छन् । 

९१० मत गणना हुँदा संस्थापन पक्षका बलायरले ६ सय ३९ मत पाएका छन् भने, इतर पक्षका मिश्रले २५० मत पाएका छन् । यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जीत सुनिश्चित बनेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ११:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।