Logo

प्रवास

एनएआरएनएका महासचिवकाे आग्रह : निर्वाचनको वातावरण तयार हाेस्



ण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

उच्च अदालत पाटनले आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेशलाई निरन्तरता दिने फैसलापछि शर्माले कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आह्वान गरेका हुन् ।

शर्माले अदालतको आदेशले पूर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको बताए । अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिइ संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नु पर्ने उनले प्रतिक्रिया दिए ।

उनले अहिलेसम्म भएका घटनाबाट पाठ सिक्दै आत्मसमीक्षा गरिने बताए ।

शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उम्मेदवार, संरक्षक, सल्लाहकार, संस्थापकलाई एकता कायम गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ९ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।