Logo

अर्थ

मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा



मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो । सेयरधनीलाई १३ दशमलव ३० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि  बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा रहनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १२:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।