Logo

प्रमुख समाचार

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्यो, को जाने पाउने ? को नपाउने ?



काठमाडौँ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ ।

यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन् ।

सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्।

कोभिड–१९ महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको हो।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै जनजीवन सहज हुँदै जाने बताएका छन् ।

करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्।

त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ ।

अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।