Logo

खेलकुद

हालान्डको दुई गोलमा डर्टमण्डको जित



काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले ग्रेउथर फर्थलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा डर्टमण्डले ग्रेउथरमाथि सहज जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल र डोनएल मालेनले एक गोल गरे ।

यो जितसँगै १६ खेलमा ३४ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ भने फर्थ ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ०९:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।