Logo

अर्थ

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ ।

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ । 

सन्‌राइज बैंकले गत वर्षको नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ११:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।