Logo

आजको तस्बिर

कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र



नेपाली कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।

प्रकाशित मिति : पुष १०, २०७८ शनिबार  २ : ३० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।