Logo

प्रमुख समाचार

‘काँग्रेसले देश विकाशको अभियान थाल्यो’



सत्तारुढ दल नेपाली कांग्रेसले देश विकासको अभियान थालेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाले सुदुरपश्चिममा विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल सहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाइ सुदुरपश्चिम खटाएसँगै कांग्रेसको देश विकासको अभियान अघि बढेको हो ।

महरले समन्वय गरेको टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउनेछ । यसैक्रममा आज बैतडीको पाटनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काँग्रेस उपसभापति बिरबहादुर बिष्टको सभापतित्व, केन्द्रीय सदस्य तथा बौद्धिक युवा नेता नैनसिंह महरको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पोडेलको बिशिष्ट आतिथ्यतामा अन्तरिक्रया सम्पन्न भएको हो ।

कार्यक्रममा जिसस संयोजक, नगर पालिकाका प्रमुख उपप्रमुखहरु, भातृसंस्थाका अध्यक्षहरु, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

सुदुरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सुदुर पश्चिमका नौ वटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माण बारे भोली दार्चुलाको खलंगामा अन्तरक्रिया गर्नेछ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ५३ बजे