सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७७ ७८को तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वाजनिक गरेको छ । जसमा खुद नाफमा ४१ दशमलव ६१ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा यस अवधिमा बढेर १ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ ।
मिसन डेभलप्मेन्टलाई गाभेपछि तेस्रो त्रैमासको व्यापारमा वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ०.६४ प्रतिशत घटेको छ । यद्यपि, बैंकको गैर सञ्चालन आम्दानी २३ लाख रुपैयाँबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ । जसले गर्दा बैंकको खुद नाफामा सामान्य सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा सामान्य बढेपछि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १५ पैसा घटेर १६ रुपैयाँ १० पैसामा झरेको हो । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ । बैंकले सो दरमा बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो। समीक्षाअवधिमा बैंकको जगेडा कोष ६.९४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया