काठमाडौं। प्राविधिक सुरक्षा जोखिमका कारण केही समय प्रभावित बनेका नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन्।
बैंकले आफ्नो प्राविधिक प्रणालीमा आवश्यक सुधार, अपग्रेड तथा जोखिम मूल्याङ्कनको काम सफलतापूर्वक सम्पन्न भएपछि सबै सेवाहरू पूर्ववत् रूपमा सुचारु भएको जानकारी दिएको छ।
यसअघि प्राविधिक सतर्कता अपनाउँदै बैंकले एनबैंक माइक्रोसाइट , जेनअल्फा एप, डेबिट तथा क्रेडिट कार्डका लागि दिइने आवेदन सेवा, साथै मुद्दती खाता धितोमा कर्जा लिने प्रणालीलगायतका केही सेवाहरू अस्थायी रूपमा स्थगित गरेको थियो।
आवश्यक सम्पूर्ण प्राविधिक परीक्षण तथा सुधारको काम पूरा भएसँगै अवरुद्ध रहेका सबै सेवाहरू सुचारु भएको बैंकले स्पष्ट पारेको छ। सेवाहरू सुचारु भएपछि ग्राहकहरूले पुनः सहज रूपमा आफ्ना वित्तीय कारोबार गर्न सक्नेछन्।




















प्रतिक्रिया