Logo

विविध

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक



काठमाडौं, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशककाे जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएकाे हाे ।


प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० काे बैठकबाट महानिर्देशक नियुक्त भएका थिए । 

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।