Logo

इन्स्योरेन्स

नेपाल लाइफको सिनियर ‘डीसीइओ’मा पराजुली



नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । २५ पौषबाट पराजुलीले सिनियर डीसीइओको कार्यभार सम्हालेका हुन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे। नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै उनले यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए ।

‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ’, पराजुलीले भने । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।