Logo

खेलकुद

खेलकुद समाचार नेपाल आउनुअघि सानदार लयमा सिकन्दर राजा, अफगानिस्तानविरुद्ध बनाए शतक



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने तयारीमा रहेका जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा उत्कृष्ट लयमा देखिएका छन्।

अफगानिस्तानविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा राजाले शतकीय पारी खेलेका छन्। बिहीबार राति सम्पन्न खेलमा उनले ५६ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा अविजित १०६ रन बनाए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राजाको यो दोस्रो शतक हो। उनको उत्कृष्ट प्रदर्शनका बाबजुद जिम्बाब्वे भने उक्त खेलमा १९ रनले पराजित भयो।

राजा जारी एनपीएलमा चितवन राइनोजमा आबद्ध छन्। उनी प्रतियोगिताको तेस्रो खेलदेखि चितवनको टोलीमा जोडिने सम्भावना छ। नेपाल आउनुअघि देखिएको उनको यो लयले चितवनका समर्थकमा उत्साह थपेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।