काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको हो ।
आज ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १०२ वटाको शेयर मूल्य बढ्दा १६९ वटाको घटेको छ । आठ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ३० करोड ३९ लाख र घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बेनी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्तको १२.११ प्रतिशत र लुम्बिनी विकास बैंकको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
यस दिन मेच्छियाम हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।



















प्रतिक्रिया