सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक सात महिना पछि बसेको छ । गत जेठमा बैठक बस्ने तयारी भएको बैठक एमालेका चार जना सांसदको विषलाई लिएर बस्न नसक्दा सात महिना पछि बसेको हो ।
सात महिना पछि बसेको बैठकले अबका दिनमा बैठकलाई नियमितता दिने र सदनमा आएका समस्यालाई मिलेर समाधान गर्दै अघि बढने निर्णय भएको प्रदेशसभा सचिव जीवरजा बुढाथोकीले जानकारी दिए ।
नेकपा एमालेका चार जना सांसदहरुको विषयलाई लिएर विवाद सुरु भएपछि बैठक बस्न सकेको थिएन । तत्कालिन समयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको एमालेका चार जना सांसदहरुलाई कारवाहीको माग एमालेले राखेको थियो । जसका कारण बैठक बनै बस्न सकेको थिएन ।
शनिबार बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेल, नेपाली काँग्रेसका नेता एवम मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्ट, राप्रपाका शोसिला शाहीलगायतको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया