Logo

अर्थ

सहकारीबाट ठगिँदै जुम्लाका नागरिक



जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेको पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नागरिक बचतकर्ता रुपमा सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन । चन्दननाथ नगरपालिका–१० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन् । उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचत गरेका थिए । उनी त्यो सहकारीमा अबद्ध दैनिक बचतकर्ता छन् । उनको त्यो सहकारीमा ३० हजार ५०० बचत पुगेको छ । जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता न्यौपाने मात्र होइन । चन्दननाथ नगरपालिका–६ की हरिदेवी बुढा पनि बचतकर्ता हुन् । उनको बचत ९०० मात्र छ ।

सो सहकारी संस्था करिब ५०० व्यापारीले बचत गरेका छन् । सहकारीले बचत उठाउन छोडेर भागेको एक वर्ष जति भयो । यसको प्रमुख संञ्चालक चन्दननाथ १० गैरागाउँका जनक हमाल हुन् । सहकारीको कार्यालय पनि बन्द छ । कतिपय नागरिकले दुई लाखसम्मको बचत गरेका छन । उनीहरुको पासबुकसमेत ब्याज हालिदिने भन्दै सहकारीले नै लिएको छ ।

त्यस्तै जुम्लाको बसपार्कमा संञ्चालित अर्को सहाकरी हो, समाज रुपान्तरण । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था पनि नागरिकको बचत लिएर सम्पर्कविहीन भएको पाइएको छ । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीमा पनि ४०० को हाराहारीमा बचतकर्ता आबद्ध छन् । यी सबै नागरिक सहकारीले ठगेको भन्दै हारगुहार गर्दै आएका छन् ।

समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीले बचतको नामा जुम्लाका नागरिकलाई गठेको चन्नदननाथ–६ कि एकुमाया खत्रीले बताइन् । खत्रीका अनुसार यस सहकारीमा न्यूनतम पाँच हजारदेखि अधिकतम तीन लाखभन्दा बढी बचत गरेका नागरिक छन् ।

अध्यक्ष चन्दननाथका–८ तलिमका प्रकाश रोकायासहित सहकारीका पदाधिकारी भोजराज न्यौपाने, मंगलादेवी बोहोरा, रेशम शाही र सर्पजित बुढागत १२ असोजदेखि सम्पर्कविहीन छन् ।

त्यस्तै समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्थाको पनि अवस्ता उस्तै छ । समाजरुपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकायाका अनुसार यसअघि भोजराज न्यौपाने अध्यक्ष रहेका र आफू अध्यक्ष भएको दुइ महिनामै काम विषेशले काठमाडौँ आएको र त्यसपछि सहकारीनै बन्द भएको छ ।
नागरिकको सात लाखसम्म बचत फिर्दा गर्नुपर्ने रहेकोउनले स्वीकारे ।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले ठगी गरेको उजुरी आएको खण्डमा कनुनी प्रक्रिया अगाडि बढाउने बताइन् ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १८:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।