Logo

कोशी प्रदेश

ओखलढुंगाको कुन्तादेवीमा जिप दुर्घटना एकजना घाइते



ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको मूख्य ब्यापारीक केन्द्र रामपुरबाट ओखलढुंगा तर्फ जादै गरेको बोलेर जिप दुर्घटना भएको छ । रामपुरबाट ओखलढुंगा तर्फ जादै गरेको स १ ज १८२३ नम्बरको डबल क्याप बोलेरो जिप कुन्तादेवीको थापाचौरमा दुर्घटना भएको हो ।

जिल्ला सदरमुकाम तर्फ जादै गरेको बोलेरो तिब्रगतिमा भएको कारण दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । गाडी दुर्घटना हुदा घाईते भएका गाडी चालक कृष्ण प्रसाद दाहाललाई उद्धार गरि अहिले उपचारकालागि ओखलढुंगा सामुदायीक अस्पताल सोब्रु लगिएको उनको भनाइ छ ।

बोलेरोमा चालक भन्दा अरु नरहेको र दुर्घटनामा परेका चालकको अबस्था गम्भिर रहेको काफ्लेले बताए । काफ्लेका अनुसार घाईते चालक दाहालको अबस्था गम्भिर रहेकोले थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १०:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।