Logo

जापानमा निर्मित सुजुकी कार एसएमसीले नेपाली बजारमा भित्र्याउँदै 



नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका कारहरु नेपालमा ल्याउन लागेको छ ।  
जापानमा उत्पादीत कार नेपालमा पहिलो पटक भित्र्याउन लागिएको हो । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपालीले पनि युरोप र अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको अनुभव गर्न पाउने छन् । 

सुजुकीले नेपालीमा सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएकोमा अब भने सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ । 

यो च्यानल मार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयुभी मध्ये पर्छ । यसमा फोरव्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेको छ । कम्पनीले भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  २ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।