Logo

अर्थ

रा.वा.बैंकको रक्तदान कार्यक्रम सम्पन्न



काठमाण्डौँ । रााष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रा.वा. बैकंको ५७ औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका छन् ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ५ : १८ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।