Logo

अर्थ

सिभिल बैंकको खाता ‘खल्ती’मा लिंक गर्दा बोनस र स्मार्टफोन उपहार



काठमाण्डाैँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूका लागि एक सय रूपैयाँ बोनस अफर ल्याएको छ ।

साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन् । यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुन्छ । प्रयोगकर्ताले लिंक गर्नुपहिले केवाईसी भेरिफाइ गराउनुपर्नेछ । केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’ मा विना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमितरूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको हो । एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरूजस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ।

एक सय रूपैयाँ बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ, सिभिल बैंक खाता ‘खल्ती’मा लिंक गर्न, प्रयोगकर्ताहरूले ‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘लिंक बैंक अकाउन्ट’ मा ट्याप गर्ने, त्यहाँ ‘लिंक बैंक टु खल्ती’मा ट्याप गर्नुपर्नेछ । त्यसपछि सिभिल बैंक छानी बैंक खाता नम्बर हालेर र सबमिटमा ट्याप गर्नुपर्नेछ । सोपश्चाात् जानकारी ठीक छ भने ‘लिंक बैंक’मा ट्याप गर्नुपर्नेछ ।

आफ्नो मोबाइलमा प्राप्त गरेकोे ओटीपी ९भेरिफिकेसन कोड० भर्नुहोस् र भेरिफाइमा ट्याप गरेपछि ‘खल्ती’बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ । योलगायत ‘खल्ती’ मा थप १८ बैंकको खाता लिंक गर्न सकिनेछ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ५ : ३९ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।