काठमाडौं । धनगढीकाे ग्लाेबल माेबाईल ग्यालरीकाे पसलमा छापा मार्न गएका प्रहरीले नै माेबाईल चाेरी गरेका छन् ।
लागुऔषध कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा मोबाइल पसलमा छापा हान्न गएको प्रहरी टोलीले नै मोबाइल चोरी गरेको भिडियाे सञ्चालकले सार्वजनिक गरेपछि उक्त भिडियाे भाईरल बनेकाे छ ।
कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेकाे ग्लोवल मोबाइल ग्यालरी पसलबाट प्रहरीले दुई वटा मोबाईल चोरेका थिए ।
मोबाइल चोरी गर्दै गरेको भिडियाे र फुटेज बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीमा संलग्न रहेका २ जना प्रहरीलाई नियन्त्रणा लिएर अनुसन्धान सुरु गरिरहेकाे छ।
चोरीको आरोपमा पक्राउ पर्नेमा प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतसिंह बुडाल रहेका चोरीको आरोपमा पक्राउ पर्नेमा प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतसिंह बुडाल रहेकाे कैलालीका एसपी विश्वराज अधिकारीले बताए ।
चोरीको कसुरमा उनीहरुलाई म्याद थप गर्न जिल्ला अदालत पठाइएको एसपी अधिकारीले बताएका छन्।
याे घटना गत बुधबार ५ गते भएकाे थियाे । धनगढीकाे चाैराहस्थित ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषध कारोबार हुने गरेको सूचना प्राप्त भएपछि प्रहरीको टोलीले छापा मार्न गएको थियो भने प्रहरीले लागुऔषध खैरोहेराइनसहित तीन जनालाई पक्राउ पनि गरेको थियो।





















प्रतिक्रिया