Logo

प्रमुख समाचार

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो



नेप्से साताको कारोबारको चौथो दिन आज बुधबार पनि घटेको छ । नेप्से  आज ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको हो

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा  सर्किट लागेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १५:३७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।