Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक (सूचिसहित)



काठमाण्डाैँ । बुधबार भएको राष्ट्रिय निर्वाचनमा विजयी भएका सदस्यकाे नामावली निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको छ ।

निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् ।निर्वाचित हुनेमा प्रदेश-१ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जयन्तीदेवी राई, नेकपा एमालेका सोनाम गेल्जन शेर्पा र नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत निर्वाचित भएका छन् भने मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवाद पार्टी, नेपालका मोहम्मद खालिद विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीकी गोमादेवी तिमिल्सिना र नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट विजयी भएका छन् ।

रिक्त १९ पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर राष्ट्रियसभा निर्वाचनमा विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादी पार्टीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा राष्ट्रियसभा निर्वाचनमा विजयी भएका निर्वाचन आयोगले जनाएकाे छ ।

यसैगरी, कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीका उदयबहादुर बोहरा विजयी भएका छन् ।

सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीकी मदनकुमार शाह (गरिमा), नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की विजयी भएका छन् भने नेपाली कांग्रेसबाट नारायणदत्त मिश्र विजयी भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०९:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।