Logo

कोशी प्रदेश

धरानमा ६१ जना सैनिक सहित ७० जनालाई कोरोना पुष्टि



धरानमा ६१ जना सैनिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरु सबैलाई कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

त्यस्तै सेनाकी एक दुई वर्षीया छोरी र इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार ०७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।