Logo

खेलकुद

विमलको गोलमा नेपाललाई अग्रता



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेलको ५५ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सो गोलसँगै नेपालले १-० गोलको अग्रता बनाएको छ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । अहिलेसम्म नेपालकोतर्फबाट ९ फल भएको छ भने मरिससको ८ फल भएको छ । खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १८:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।