Logo

प्रदेश

असिनापानीले कास्कीमा करोडौँको खेतीबालीमा क्षती



पोखरामा हिजो दिउसो परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट पारेको छ । कास्कीको पोखरा महानगरपालिका अन्तर्गत सराङकोट, हेम्जा, कास्कीकोट, भरतपोखरी, निर्मलपोखरी, लेखनाथ लगायतका व्यवसायिक कृषिको पकड क्षेत्रमा लगाइएका मौसमी बालीमा बढी क्षती पुगेको हो ।

बढ्दै गरेका मकै, घिरौला, काक्रो, सिमी, फर्सी, खुर्सानी, गोलभेंडा लगायतका झालपात र कोदोको बीउमा समेत असिनाले क्षती पु¥याएको स्थानीयले जानकारी दिए ।

असिनाकै कारण भरतपोखरीमा मात्रै करिव पन्ध्र  लाखको क्षति भएको स्थानीय कृषक टिकाराम अधिकारीले  बताए । उक्त स्थानमा दिउँसो २ बजेपछि करिव १ घण्टा बाक्लो असिना परेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।