पोखरामा हिजो दिउसो परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट पारेको छ । कास्कीको पोखरा महानगरपालिका अन्तर्गत सराङकोट, हेम्जा, कास्कीकोट, भरतपोखरी, निर्मलपोखरी, लेखनाथ लगायतका व्यवसायिक कृषिको पकड क्षेत्रमा लगाइएका मौसमी बालीमा बढी क्षती पुगेको हो ।
बढ्दै गरेका मकै, घिरौला, काक्रो, सिमी, फर्सी, खुर्सानी, गोलभेंडा लगायतका झालपात र कोदोको बीउमा समेत असिनाले क्षती पु¥याएको स्थानीयले जानकारी दिए ।
असिनाकै कारण भरतपोखरीमा मात्रै करिव पन्ध्र लाखको क्षति भएको स्थानीय कृषक टिकाराम अधिकारीले बताए । उक्त स्थानमा दिउँसो २ बजेपछि करिव १ घण्टा बाक्लो असिना परेको हो ।




















प्रतिक्रिया