Logo

अर्थ

मंगलबार सुनको मूल्य प्रतीतोला पाँच सयले बढ्यो



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार ११:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।