Logo

प्रदेश

खैरो हेरोइनसहित २ जना पक्राउ



कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ गरेको छ । जिल्लाका चाँदनी दोधारा नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चाँदनी दोधाराकै ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् । उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।