Logo

आजको तस्बिर

पिउने पानी लिन दैनिक ३ घण्टा, स्थानीय सरकार माैन



दाङ । अहिलेकाे हिउँदमा पनि समयसमय वर्षा भइरहेको भए पनि देशका कतिपय स्थानमा पिउने पानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुके संगै पानीको जोहो गर्न सर्वसाधरणलाइ सास्ती हुने गरेको छ ।
पानीको मुहान सुके संगै दाङको घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर ब्यवहार धान्न परिरहेकाे छ । उपमहानगरपालिका भए पनि स्थानीय सरकारले जनताको समस्याको सामधानका उपाय नगरीदिँदा यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको सर्वसाधरणको भनाइ छ ।
तस्वीरः रञ्जिता अधिकारी

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १२:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।