Logo

पत्रपत्रिका

एमसीसीबारे प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छलफल



काठमाण्डौं । सरकारमा सहभागी गठबन्धन दलका तीन शीर्ष नेताहरूबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीस)का विषयमा शनिबार छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीनिवास बालुवाटार मा छलफल भएको हो ।

छलफलमा फागुन २ गते लाई आह्वान गरिएको प्रतिनिधि सभाको बैठकमा एमसीसी परियोजना सम्झौता टेबुल गर्ने बारे छलफल भएको भए पनि कुनै निर्णय भने भएन ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले सरकारमा सहभागी पाँच दलमध्ये तीन दलका तीन जना शीर्ष नेताहरूबीच एमसीसीलगायत मुलुकको समसामयिक राजनीति घटनाक्रमका विषयमा छलफल भएको बताए । उनीहरूबीचको छलफलले एमसीसीका विषयमा कुनै निर्णय नगरे पनि अर्को पटक पुनः बैठक बस्ने सम्भावना रहेको बताइएको छ । गोरखापत्र दैनिकमा समाचार छापिएको छ

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार ०६:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।