Logo

प्रमुख समाचार

एमसीसीबारे एमाले पर्ख र हेरको अवस्थामा



काठमाडौं । नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा ल्याउन सत्तागठबन्धनलाई आग्रह गरेको छ । आज बसेको एमालेको संसदीयदलको बैठकले गठबन्धनलाई एमसीसीबारे स्पष्ट धारण ल्याउन आग्रह गरेको हो ।

बैठक पछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसीबारे सत्ता गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए । एमसीसीको विषयमा एमाले पर्ख र हेरको अवस्थामा रहेको तर, एमालेले जे भए पनि राष्ट्रिय हितको पक्षमा निर्णय गर्ने उनको भनाइ थियो ।
त्यस्तै एमाले सचिव योगेश भट्टराईले एमसीसीबारे आफूहरुको धारणा संसदमा आउने बताएका छन् । एमसीसीमा पनि प्रक्रिया हुने भएको हुँदा अहिले ठीक–बेठीक भन्न नमिल्ने बताउँदै उनले सर्वप्रथम सत्तापक्षको धारणा आउनुपर्ने बताए ।

उनले एमसीसी पास गर्न एमाले पनि चाहिने भएकाले त्यसका लागि प्रस्ताव आउनुपर्ने सचिव भट्टराईको भनाइ थियो ।
प्रधानमन्त्रीले १६५ जनालाई ह्वीप जारी गरे खेलै सकिने भन्दै उनले एमसीसी राष्ट्रघात छ कि राष्ट्रिय हित भन्ने कुरा आफूहरुले संसदमा देखाउने बताएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १५:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।