Logo

धर्म / संस्कृति

तपाईको आज कस्तो हुनेछ ? हेर्नुस राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट हुनेछ भने दाजु भाइबाट सहयोग मिल्ने छ । साथै ससुराली पक्षसँग सम्बन्ध प्रगाढ बन्नेछ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज मिथुन राशि हुनेहरुका लागि नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आज दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महत्त्वपूर्ण अवसर गुम्न सक्ने योग रहेको भने यात्रा गर्दा सचेत रहनुहोला । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफुले चाहेको कामा सफल हुनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य पनि सफल हुन सक्ने सम्भावना रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रेममा मनमुटाव र मनमा शङ्का पनि उत्पन्न हुनेछ । आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू आउने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज वृष राशिका हुनेहरुका लागि अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । तपाईको कार्यको चर्चा प्रशंसा हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कला र गलाको प्रभाव बढ्नेछ भने नयाँ काम सुरु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज शत्रु र विपक्षी पराजित हुने छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग रहेको छ। लगानीमा रहेको रकम फिर्ता आउनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आफन्तजनसँग भेटघाट र मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। राज्यबाट मान सम्मान पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मनमा शान्ति छाउँने छ भने अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सफलता हासिल हुने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा आर्थिक खर्च बढ्ने छ । आकस्मिक रूपमा धनप्राप्तिको हुने छ भने विद्या र नयाँ ज्ञान बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज तपाईको रोकिएको धन र व्यापार, व्यवसायमा लाभ प्राप्त हुनेछ । पारिवारिकस्रोतबाट सहयोग मिल्ने छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०७:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।